Nepali

मेरो पहाड

नवराज सुब्बा

पहाड छाती ठोक्छ नशामा
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे !
जुरेलीको जुरो हो मेरो पहाड
तर, हेर्दाहेर्दै समयको गहिरो पहिरोजस्तै
रगतका नाता गुरुत्वका बाचा तोड्दै
खहरे, खोला र नदीहरू
पहाड नाँघ्दै कुल्चँदै उँधै झरे
ए दुःखी पहाड !

कठघरामा उभिएर

- नवराज सुब्बा
हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझदछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिन यो नाता
कतिञ्जेल केरिरहन्छौ !
हिरासतमुक्त गरिदेऊ मलाई
अन्यौलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ।

भन, ती को हुन् -
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बर्ुइ चढाइन्


Syndicate content