- नवराज सुब्बा
हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझदछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिन यो नाता
कतिञ्जेल केरिरहन्छौ !
हिरासतमुक्त गरिदेऊ मलाई
अन्यौलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ।
भन, ती को हुन् -
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बर्ुइ चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाई खाइन् -
भन, का“डाले घोच्दाखेरी
हिंड्दा ठेस लाग्दाखेरी
बताऊ ए आरोपित !
रगत बग्दा त्रि्रो मुखैमा
पहिले को आइपुग्छ -
भन नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आ“खा कोस“ग हुन्छ -
अनि कसका छातीभित्र
दुःखका अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ -
ऐया ! अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान † विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हु“दैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।
उहिले सानोमा रु“दाखेरी
'लौ हा“स-हा“स मेरो बाबु' भन्थिन् आमा
आज म आत्मर्समर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु-
आमा ! एकफेर हा“सिदेउ न !
त्रि्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि...ङ्ग... उभिएको छु ।
तिमी जहा“ छौ म त्यही“ छु
आखिर म नै तिमी र तिमी नै म हु“
तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छौ आमा
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा ! तिमी आत्माभै अमर छौ ।
Post new comment